किन लगाए अनुपविक्रमले नाकमा फुली ?

कलाकार अनुप विक्रम शाही ह्याण्डसम छन् । तर पनि उनी फिल्ममा भिलेनको भूमिका गर्छन् । उनी आफ्नो राम्रो लुक्सलाई बिगार्छन् । फिल्म ‘कमलेको बिहे’ र ‘हुर्रे’ मा अनुपले यस्तै गरेका छन् । अर्को एक नयाँ फिल्मका लागि पनि अनुप नयाँ अवतारमा प्रस्तुत हुँदैछन् ।

नाम र ‘क्रु मेम्वर’ गोप्य राखिएको फिल्मको लागि अनुपले आफ्नो नाक छेडेका छन् । ‘मैंले पहिलो पटक नाक छेडेको हुँ’, अनुपले भने, ‘हरेक फिल्ममा केही फरक गरौं भन्ने कोशिस गर्छु ।’ फिल्मको छायाँकन नसक्दासम्म आफुले नाकमा फुली लगाउने उनले बताए । सबै छायाँकन विदेशमा हुने फिल्मको चाँडै नै प्रेसमिट गरेर जानकारी दिइने अनुपको भनाई छ । अनमोल केसी स्टारर ‘कृ’ मा अनुप भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha