केकीको ‘कोहलपुर एक्सप्रेस’ नेपालगञ्जमा मुर्हत

नायिका केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा शुभ मुर्हत गरिएको छ । सोमबारदेखि सुटिङ सुरु गर्ने गरी आइतबार क्यामेरा पुजा गरिएको नायिका तथा निर्मात्री केकी अधिकारीले बताइन् ।


विशाल भण्डारीले निर्देशन गर्ने ‘कोहलपुर एक्सप्रेस’ को नेपालगञ्जमा दुई साता छायाँकन हुनेछ । ‘बाँकी सुटिङ चाहिं काठमाण्डौंमा गर्छौं’, केकीले भनिन् । ‘कोहलपुर एक्सप्रेस’ मा केकी सहित नायिका प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहनेछ ।


अर्जुन तिवारीको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेल, राजराज सिवाकोटी र कालिप्रसाद बाँस्कोटाको संगीत रहेनछ । गएको साता प्रेसमिट गर्दै केकीले ‘कोहलपुर एक्सप्रेस’ निर्माणको घोषणा गरेकी थिइन् । फिल्म निर्माणमा केकीसँग भद्र बहादुर शाही र देवीलाल न्यौपानेले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha