नीता किन गइन् अमेरिका ? हेर्नुस् रमाईलो फोटो फिचर

नायिका नीता ढुंगाना यतिबेला अमेरिकामा छिन् । सान्फ्रान्सिस्कोमा आयोजना हुने अन्र्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन नीता गत साता त्यहाँ गएकी हुन् । नीता अभिनित फिल्म ‘पञ्चायत’ लाई त्यहाँ देखाइदैछ । आफ्नै फिल्म प्रोडक्सन हाउस समेत खोलेकी नीता दुई साता मात्रै त्यहाँ बस्ने बताउँछिन् । ‘नेपाल आएर आफैंले बनाउने फिल्मको काम पनि सुरु गर्नुछ’, नीता भन्छिन् । यतिबेला भने नीता अमेरिकामा रमाईलो गरिरहेकी छिन् ।हामीले नीताका केही रमाईला तस्बिरहरुलाई प्रस्तुत गरेका छौं :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha