‘झोला’ टिमले बनायो दाईजो विरुद्धको ‘भोर’

व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ’झोला’ निर्माण टिमले नयाँ फिल्म ’भोर’ निर्माण गरेको छ । मैथिली शब्द मानिने ’भोर’को अर्थ ’बिहानी को किरण’ हो । मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गरि निर्माण टिमले फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी गरायो ।

 

सम्पुर्ण दृश्य जनकपुरमा छायांकन गरिएको फिल्मको पहिलो पत्रकार सम्मेलन पनि जनकपुरमा गरिएको हो । निर्देशक भट्टराईले मैथिली भाषीहरुको वाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ’भोर’ निर्माण गरेको बताए । मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ ।

कृष्ण धारावासीको कथामा निर्माणाधीन सो फिल्मको निर्देशन यादव कुमार भट्टराईले गर्नु भएको छ भने कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी, निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुनु हुन्छ । ‘झोला’ फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए ।

वरिष्ठ साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्ममा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनिसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । राज तिमल्सिना र रामगोपाल थापा निर्मातामा छन् । देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्मातामा छन् । उज्जल ढकालले फिल्मको सम्पादन गरिरकेका छन् । लेखक धारावासी, निर्माता, निर्देशन तथा सिनेमाटोग्राफर सबै झोला टिमका सदस्य हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha