‘भिडियो खेल्न सजिलो छैन’ : बुद्धि तामाङ (भिडियो)

कोरोना कहरले फिल्म सम्बन्धी गतिविधि रोकिएपछि कलाकार बुद्धि तामाङको व्यस्तता म्युजिक भिडियोतिर बढिरहेको छ । लकडाउन खुलेपछि मात्रै उनले करिब आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरे । तर, उनी आफुलाई म्युजिक भिडियो मोडल मान्न तयार छैनन् । किन त ? भिडियो हेर्नुस् :

‘सुपारी दाना’ म्युजिक भिडियो प्रचारको क्रममा हैटले आफु कलाकार नै रहेको बताए । यस्तै म्युजिक भिडियोमा काम गर्न सजिलो पनि नभएको उनले आफ्नो अनुभव सुनाए । प्रताप दास र शशिका राईको स्वर रहेको गीतको भिडियोमा बुद्धि सहित सुधिर श्रेष्ठ, श्रेया सिटौला लगायत प्रस्तुत छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha