‘मायाले मलाई बोलायो’मा सलोन र स्मिताको बिहे (भिडियो)

स्मिता दाहालको स्वरमा ‘मायाले मलाई बोलायो’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा स्मिता स्वयम् र कलाकार सलोन बस्नेत फिचर्ड छन् । भिडियोमा सलोन र स्मिताको जोडी सुहाएको छ । भिडियो :

शिशिर खातीको सोच एंव निर्देशन रहेको भिडियोमा पोखराका सुन्दर दृश्यलाई कैद गरिएको छ । मायाले मलाई बोलायो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । एरेञ्ज दिक्षित पौडलले गरेका हुन् । मिक्सिङ श्याम श्वेत रसाईलीको छ । भिडियोका छायाँकार शंकल भुजेलका हुन् ।

‘मायाले मलाई बोलायो’को भिडियोमा अतिथि कलाकारको रुपमा सुमिन गुरुङ, गौतम धिमाल छन् भने बाल कलाकारको रुपमा सलिन राना र अल्फा शाह ठकुरीलाई देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha