‘सुनकेशरी’ पोस्टरमा यी नायिका को हुन्, चिन्नुहुन्छ ?

नायिका ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेशरी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक फिल्मको पहिलो पोस्टरमा नायिका शर्माको डरलाग्दो रुपलाई देख्न सकिन्छ । ‘को आफ्नो’ पछि ‘सुनकेशरी’मा ऋचा यस प्रकारको फरक भूमिका गरेकी हुन् ।


अर्पण थापा निर्देशित सुनकेशरीको सबै छायाँकन अष्टे्रलियामा गरिएको छ । भीम न्यौपानेसँग सहकार्य गरेर ऋचाले ‘सुनकेशरी’ निर्माण गरेकी हुन् । यस अघि फिल्म निर्देशक थापासँग मिलेर ऋचाले ‘आधा लभ’ निर्माण गरेकी थिइन् । ‘सुनकेशरी’ लाई सन् २०१८ को अप्रिलमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha