थानेश्वर र शान्तीश्रीको गीतमा ‘छुट्टिए’ पुष्प र जुना (भिडियो)

थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको ‘छुट्नै पो रैछ क्यारे’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नायक पुष्प खड्कासँगै जानु पोखरेलको अभिनय रहेको छ । भिडियोमा पुष्पले निकै राम्रो काम देखाएका छन् । गीत हेर्नुस् :

निकै मार्मिक शैलीको यस गीतमा प्रभा बर्तौलाको शब्द रहेको छ । गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतको भिडियोमा एक सच्चा प्रेम घर–परिवारका कारण बिच्चैमा छुट्नु पर्दा हुने पिडालाई भिडियोमा देखाइएको छ ।

३ दिन लगाएर खिचिएको यस भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha