केकी अधिकारी र प्रकाश सपुतको पुन: सहकार्य

नायिका केकी अधिकारी र गायक तथा नायक प्रकाश सपुत अनार चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिबार प्रेसमिट गर्दै केकी र प्रकाशलाई अनार चामलको ब्रान्ड एम्वेस्डर रहेको घोषणा गरिएको हो । भिडियो :

केकी अधिकारी विगत दुई बर्षदेखी अनार चामलको ब्राण्ड एम्बेसडरको रुपमा रहंदै आएकी छिन् भने प्रकाश सपुत यस बर्षदेखि आवद्ध भएका हुन् । ब्रान्ड एम्वेस्डरको अवधी एक बर्षको छ । केकी र प्रकाशले यो चामल सहित मायाको मुखैमा चिनी, बदला बरिलै लगायत अन्य आधा दर्जन लोक गीत र ‘परदेशी २’ फिल्ममा सहकार्य गरेका छन् ।

शान्भी ईन्टरनेशनल कम्पनिका अध्यक्ष भरत चलाउनेले चामलहरुको बीचमा अनार चामल फरक स्वाद सहित बजारमा आएको दाबी गरे । ‘नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरयुक्त अनार अब हर नेपालीको भान्सामा पाक्ने छ’, प्रेसमिटमा उनले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha