‘एक तर्फी माया’ले श्वेता खड्काको दिल टुट्यो! (भिडियो)

नायिका श्वेता खड्काको दिल टुटेको भिडियो सार्वजनिक भएको । सरना श्रेष्ठले स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । भिडियो :

भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । सरना उनकी आफ्नै छोरी हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् ।

‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha