नीताले पाइन् सानफ्रान्सिस्को अन्र्तराष्ट्रिय पुरस्कार

अमेरिकास्थित सान्फ्रान्सिस्कोमा सम्पन्न ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म ‘पञ्चायत’ले उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । यही फिल्मबाट नायिका नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छिन् । फेस्टिभलमा विश्वका २ सय १६ फिल्महरु सहभागी थिए । नेपालबाट पञ्चायत छनोट भएको थियो ।

शिवम अधिकारी निर्देशित ‘पञ्चायत’ ले पचास वर्ष अघि एक किशोरीले भोग्नु परेको पिडालाई बताउँछ । फिल्ममा कोपिला नामक शिर्ष पात्रमा नायिका ढुंगानाले अभिनय गरेकी छिन् । फेस्टिभलमा सहभागी हुन नीता गत साता अमेरिका पुगेकी थिइन् । रमाईलो छ परिवार नीता र ‘पञ्चायत’ टिमलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछ !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha