छायांकनमा ‘ए मेरो हजुर ४’ र ‘आई एम ट्वान्टी वान्’

अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन सुरु भएको छ । सरकारको फिल्म छायांकन गर्न दिने अनुमति कुर्दै बसेका फिल्महरु अहिले छायांकनमा जान थालेका छन् । तर सरकारले फिल्म छायांकन गर्न अनुमति दिएको छैन ।

‘ए मेरो हजुर ४’ को फिल्म सेटमा नायक अनमोल केसी, गायक दुर्गेस थापा, नायिका सुहाना थापा, नायक सलोन बस्नेत लगायत छन् । छायांकन सेटमा प्रवेश गर्दा सम्पूर्ण मानिसहरुको ज्वरो नापिएको छ । कलाकारदेखि प्राविधिकले सर्तकताका साथ काम गरिरहेका छन् । झरना थापाले निर्देशन गरेको फिल्म यहि वर्षको दशैंमा प्रदर्शन गर्ने योजना थियो । तर कोरोना कहरले फिल्म रिलिज हुन सकेन ।

त्यस्तै, रेनाशा बान्तवा राईले निर्देशन गरेको फिल्म ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको छ । यो फिल्ममा धिरज मगर र जसिता गुरुङको अभिनय छ । घटस्थापनाबाट सुरु भएको यो फिल्मको छायांकन फुलपातीको दिनसम्म छायांकन हुनेछ । त्यसपछि पुर्णिमा पछि फिल्मको छायांकन गर्ने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha