‘फाटेको जुत्ता’मा दयाहाङको यस्तो स्वरुप

प्रदर्शनमा आउँन तीन दिन मात्रै बाँकी हुँदा फिल्म ‘फाटेको जुत्ता’ टिमले अभिनेता दयाहाङ राईलाई प्रचार प्रसारमा ल्याएको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई भगवानको स्वरुपमा प्रस्तुत छन् । यसले फिल्ममा उनको भूमिकाप्रति कौतुहलता सृजना गरेको छ ।


अर्जुन कुमारको निर्माणमा निकेश खड्काको निर्देशन रहेको फिल्म ‘फाटेको जुत्ता’ मा अभिनेता सौगात मल्ल, नायिका प्रिपंका कार्की, कलाकारहरु कामेश्वर चौरसिया, रविन्द्र झा लगायतको अभिनय छ । कमेडी फिल्मको गीत तथा ट्रेलरले दर्शकको ध्यान तानिरहेको छ । विभिन्न ईभेन्ट गर्दै निर्माण पक्षले फिल्मको प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । फाटेको जुत्ता कात्तिक १७ गते देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha