एक्सन म्यूजिक भिडियोमा पल, वर्षा र शिशिर (भिडियो)

गायक शिव परियार र निरुषा भट्टराईको स्वर रहेको ‘छलक छलक छल्क्यो माया’ बोलको गीत सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरिएको गीतमा नायक पल शाह, नायिका वर्षा राउत र अभिनेता शिशिर भण्डारी फिचर्ड छन् । गीत हेर्नुस् :

दिपक सिलवालको शब्द तथा संगीत रहेको गीतमा एक्सन सहितको रोमान्टिक, डान्सिंग प्रेमकथा देख्न सकिन्छ । भिडियो निर्देशक गभिर विष्टले फिल्म हेरेको जस्तै महशुस गराउने आफ्नो प्रयास रहेको बताए । ‘हामीले नयाँ फिल्म हेर्न नपाएको लामो समय भईसक्यो । अब कहिले पाईन्छ त्यो पनि टुंगो छैन । नायक पल शाह, नायिका वर्षा राउतलाई पनि हामीले फिल्ममा हेरेजसरी नै हेरौँ र देखाऔँ भन्ने इच्छाले नै मैले यो गीतको भिडियोमा नै एक्सन राखेको हुँ’, उनले भने ।

संगीतकार तथा रचनाकार सिलवाल भन्छन्, ‘हामीले गीतअनुसार भिडियोलाई न्याय गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीले दुई दिन लागएर एक्सन दृश्य सहित छायांकन गरेका छौँ । हामीले गीतलाई न्याय दिने हो भने दर्शकको मन जितिन्छ । प्रतिफल पनि त्यहि नै हो ।’ त्यस्तै, गीतको बारेमा बोल्दै गायक परियार भन्छन्, ‘संगीतकार दिपक सिलवाल अत्यन्तै उर्जाशिल साधक संगीतकार भएको हुँदा पनि मैले यो गीत गाएको हुँ । यो गीतका शब्द र संगीत सुन्दा मलाई नयाँपन महशुस भएकोले पनि मैले यो गित रोजेको हुँ ।’

भिडियोमा संजय थापा र सुक्रराज शाहको एक्सन निर्देशन रहेको छ । नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha