‘ए मेरो हजुर २’ लिएर अष्ट्रेलिया उड्दै साम्राज्ञी

नेपाल रिलिजमा सफल फिल्म ‘ए मेरो हजूर २’ को अब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा शो हुने भएको छ । अष्ट्रेलियास्थित सिड्नीको हो र होईन होला ईभेन्टस र तासमानियाको तास इभेन्टले अष्ट्रेलियाको प्रदर्शनको व्यवस्था मिलाएको हो ।

‘हो र होईन होला’ का रोशन भट्टराईको जानकारी अनुसार ‘ए मेरो हजुर २’ को शोका लागि निर्मात्री तथा निर्देशक झरना थापा र नायिका साम्रागी राज्यलक्ष्मी शाह त्यहाँ जाने भएका छन । तास्मानियाका छत्र थापाले ‘ए मेरो हजुर २’ लाई सिड्नीमा नोभेम्बर १८, तास्मानियामा १२ नोभेम्बर र मेलबर्नमा १९ नोभेम्बरमा प्रदर्शन गर्नेछन् । अभिनेत्री थापाको डेव्यु निर्देशन रहेको फिल्ममा साम्राज्ञी, नव नायक सलिनमान बनियाँ र कलाकार सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सलिन र साम्राज्ञीसँग गरिएको रमाईलो कुराकुरानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha