‘ऐश्वर्य’ विशेष शो : भुवनदेखि विराजसम्मको प्रशंसा

 ‘ऐश्वर्य’ विशेष शोको यो रमाईलो भिडियो 

प्रदर्शनरत फिल्म ‘ऐश्वर्य’को मंगलबार विशेष शोको आयोजना गरिएको छ । सुन्धारास्थित सिटीसी मलमा आयोजना गरिएको फिल्मको विशेष शोमा ‘ऐश्वर्य’ टिम सहित फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो । विशेष शोमा उपस्थिति अधिकांश फिल्मकर्मीले ‘ऐश्वर्य’ मेकिङ र कलाकारको प्रस्तुतीको तारिफ गरे ।


निर्माता तथा अभिनेता भुवन केसीले ‘ऐश्वर्य’ मेकिङको खुलेर तारिफ गरे भने अभिनेता रमेश उप्रेतीको ‘कमब्याक’ राम्रो रहेको बताए । यस्तै अभिनेता विराज भट्टले पनि ‘ऐश्वर्य’ उत्कृष्ट रहेको बताए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायिका केकी अधिकारीको अभिनयको तारिफ गर्दै समग्रमा फिल्म नै राम्रो रहेको बताइन् । अभिनेत्री भुवन चन्द, रुपा राणा, द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी, कलाकार अनुराग मानसिंह कुँवर, कानुविद् भिर्माजुन आचार्यले फिल्मको प्रशंसा गरे ।

दिवाकर भट्टराई निर्देशित ‘ऐश्वर्य’मा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारीको मुख्य भूमिका रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा अर्जुन श्रेष्ठ, किरण राणा र निर्मल शर्माले फिल्म निर्माणमा सहकार्य गरेका छन् । कात्तिक ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म झण्डै तीन करोडको ग्रस व्यापार गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha