‘रज्जा रानी’ टिजर : के खिच भन्दैछन् नाजिर ?

नायिका केकी अधिकरी र कलाकार नाजिर हुसेनको शिर्ष भूमिका रहेको फिल्म ‘रज्जा रानी’ को टिजर सार्वजनिक भएको छ । आधा मिनेट लामो टिजरमा नाजिर हुसेन फोकस छन् । केकी सहित अन्य कलाकार टिजरमा छैनन् । यम थापाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । ‘रज्जा रानी’ पुष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर हेर्नुस् :

‘रज्जा रानी’ तराईका दुई युवा युवतीको प्रेम कथामा आधारित छ । नायिका रेखा थापा विशेष भूमिकामा प्रस्तुत भएको फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको अभिनय छ । ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधाको छायाँकन र कविराज गहतराजको विक्रम स्वाँरको कोरियोग्राफी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha