‘ईकु’को ‘फिर्के’मा अर्पण र ऋचा (पोस्टर रिलिज)

‘ईकु’ अर्थात् कलाकार सुलेमान शंकरले निर्माण गरेको फिल्म फस्ट लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका प्रायः सबैजसो कलाकारहरु प्रस्तुत छन् । कलाकार रवि डंगोलले निर्देशन गरेको फिर्केमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पोस्टर सँगै ‘फिर्के’ को पौष १४ गतेलाई प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यसअघि ’ईकु’ र ’ईकु २’ फिल्म बनाएको सुलेमानले ’फिर्के’ निर्माणमा ओमलाल गुरुङ् र राजेश श्रेष्ठसँग सहकार्य गरेका छन् । अभिमन्यू निरबीको लेखन रहेको फिल्ममा विश्व नेपाली र सुवास भुषालको संगीत रहेको छ । अष्ट महर्जनको द्धन्द्ध निर्देशन तथा राम कुमार केसीको छायांकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha