‘सत्रु गते’ सुटिङबाट बाहिरियो यस्तो विफी

फिल्म ‘सत्रु गते’ को सुटिङ स्थल विरगञ्जबाट केही तस्बिरहरु बाहिरिएका छन् । निर्देशक प्रदीप भट्टराई सहित अभिनेता हरिवंश आचार्य, अभिनेत्री दीपाश्री निरौला र कलाकार शिवहरी पौडेलको ‘विफी’ बाहिरिएको हो । गत सातादेखि सुरु भएको फिल्मको छायाँकनमा जम्बको कलाकारको युनिट हाल विरगञ्जमा छ ।


‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल, किरण केसी लगायतको टोली अहिले विरगञ्जमा छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको संयुक्त निर्माण रहेको ‘सत्रु गते’ चैत ९ गते प्रदर्शनमा ल्याउने गरी छायाँकन भैरहेको छ । फिल्ममा हरिवंश र दिपाश्री, दिपक र प्रियंका अनि पल र आँचलको जोडी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha