भोजपुरी स्टारले लिए ‘मेला’, तर किन होला ?

नेपाली फिल्म ‘मेला’ भारतमा पनि प्रदर्शन हुने भएको छ । यो फिल्मलाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले लिएका हुन् । ‘मेला’ का लेखक, सह–निर्देशक तथा प्रस्तुतकर्ता हरि पन्त र एस पी खरेलको नामबाट परिचित भोजपुरी स्टार शाहबिच १६ लाख रुपैयाँमा भारतमा मेला देखाउने सम्झौता भएको हो । नेपालमा भने यो फिल्म कात्तिक २४ गतेदेखि लाग्दैछ ।

नेपालीहरुको बाक्लो बसाई रहेको भारतको सिक्किम, दार्जलिङ, मुम्बई, दिल्लीमा फिल्म प्रदर्शन गर्ने बताए । यसका लागि फिल्मको भारतमा चाँडै नै सेन्सर गर्ने र हलहरुमा शो किनेर प्रदर्शन गरिने निर्माता पन्तको भनाई छ । बसन्त निरौला निर्देशित ‘मेला’ मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । आमेश र अशिष्मासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha