‘कान्छी’ श्वेता चरी चट्ट परी दयाहाङसँग नाचिन् यसरी

‘कोहिनूर’ पछि कमब्याक गरेकी अभिनेत्री श्वेता खड्का अभिनित फिल्म ‘कान्छी’ को पहिलो गीति भिडियो रिलिज भएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको चरी चट्ट परी बोलको गीतिमा अञ्जु पन्तको फिमेल भोकल छ । भिडियो हेर्नुस् :

निकै नै मिहेनत गरिएको गीतमा श्वेतासँग अभिनेता दयाहाङ राई, कलाकार प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतले कम्मर मर्काएका छन् । वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले दयाहाङलाई पहिलो पटक सरल तरिकाले नचाएका छन् । पुरुषोत्तम प्रधानले भिडियो आकर्षक खिचेका छन् । आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’ को सम्पूर्ण छायाँकन सकेर पहिलो गीति भिडियो सार्वजनिक गरिएको हो । फिल्मको प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ ।

फिल्ममा श्वेता र दयाहाङसँगै निर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘कान्छी’ मा राजराजसँगै अर्जुन पोखरेलको संगीत रहेको छ भने रविन खड्का र शैलेस खड्का निर्माताको रुपमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha