चर्चित कलाकार समावेश ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

देशका चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतादिवसको अवसर पारेर सार्वजनिक भएको छ । गीतमा सत्यमोहन जोशी, नीर शाहदेखि आकाशश्रेष्ठसम्मको अभिनय रहेको छ । भिडियो हेर्नुस् :

सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर छ । आनन्द अधिकारीको रचना रहेको गीतमा संगीत समेत राजनकै रहेको छ । गीतको भिडियोको निर्देशन भने अभिनेत्री तथा निर्माता रोशनी केसीले गरेकी हुन् । उनले ४ दिन लगाएर लोकतन्त्रपार्क, पाटन, पशुपति क्षेत्रमाआदिमागीत सुटिङ गरिएको जानकारी गराइन् ।

‘कलाकार जुटाएर काम गर्न एकदमै गाह्रो थियो । तर, आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं,’ रोशनीले भनिन् ,‘यसले नेतातथाकार्यकर्तालाई पनि झक्झक्याउने विश्वास लिएकी छु ।’

फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मामानन्धर, निर्मल शर्मा, राजारामपौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजनप्रधान, प्रशान्तताम्राकार, आकाशश्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविकाबन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धिरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपाशाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्माहमाललगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको कलर करेक्सन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha