‘जनकपुरे रेल’मा सरोज र आश्मा (भिडियो)

अनिल जोशी र अस्मिता अधिकारीको स्वरमा ’जनकपुरे रेल’ बोलको गीत सार्वजनिक भएको छ । जसमा जगत तिरुवाको र्याप छ । भिडियो :

गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रूपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ ।

उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर छ । भिडियोको निर्माता नवराज शर्मा हुन् । भिडियोलाई ’सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’ ले निर्माण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha