सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ लाई १ सय बढी पर्दा

फिल्म ‘फाटेको जुत्ता’ देशका करिब एक सय बढी पर्दाबाट प्रदर्शनमा आएको छ । राजधानी र मोफसल गरी १ सय ७ वटा पर्दाबाट फिल्म प्रदर्शनमा आएको निर्माता अर्जुन कुमारले जानकारी दिए । निकेश खड्का निर्देशित फाटेको जुत्ता मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, रविन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ ।


कमेडी जनराको फिल्म ‘फाटेको जुत्ता’ को ‘आइएम सरी’ र प्रोमोले चर्चा पायो । के गीत र प्रोमोको चर्चाले दर्शक हलमा आउँलान् ? सोलो रिलिजको मौका पाएको फाटेको जुत्ताले लगानी गठाएर निर्मातालाई नाफा देला ? अभिनेता सौगात मल्ल अभिनित फिल्म फ्लप हुने मौका रोकिएला ? ‘छक्का पञ्जा २’ पछि प्रियंका अभिनित अर्को फिल्म सुपरहिट होला ? यी र यस्तै प्रश्न लिएर फाटेको जुत्ता कात्तिक १७ देखि प्रदर्शनमा आएको । ‘जीन्दगी रक्स’ पछि फिल्म निर्देशनमा फर्किएका निकेश खड्काले निर्देशन गरेको फाटेको जुत्ता कस्तो छ त ? निर्माता अर्जुन कुमारसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha