हल खुल्यो, शिव श्रेष्ठको फिल्ममा अभिभावक अनिवार्य

आइतबार बसेको मन्त्री परिषदको बैठकले नेपाल भरका फिल्म हल खोल्न पाउने निर्णय गरेको छ । कोरोनाको कहर पश्चात् हलमा पहिलो पटक फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ लाग्दैछ । अभिनेता शिव श्रेष्ठ निर्मित यो फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ ।

मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पनि पास भएको छ । फिल्म हेरेपछि सेन्सर सदस्यले पिजी अर्थात् १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकले साथमा हेर्नु पर्ने प्रमाण पत्र दिएका हुन् । फिल्मका निर्देशक दिपेश सापकोटा हुन् ।

एक्सन लभ स्टोरी कथामा बनेको फिल्म एउटा यस्तो प्रेम कहानीमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का लगायतको अभिनय छ ।

यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha