तुलसी घिमीरे पुनः सलाई डेस्टिनीको ब्राण्ड एम्बेस्डर

बरिष्ट फिल्म निर्देशक तुलसी घिमीरेलाई सलाइ डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभामा निर्देशक घिमीरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् ।

ब्राण्ड एम्बेस्डर, निर्देशक घिमीरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउदै यो कम्पनीसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताए । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनीक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ । नेपाल सूनचाँदी ब्याबसायि महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचादी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ ।

साधारण सभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाइ होल्डिङ्स (भारत) सँग सहकार्य गरेको बताउदै निकट भबिष्यमै सुरक्षण सुचक यन्त्र, सुन, चाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन,मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिंग बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha