प्रदर्शनपुर्व “एउटा यस्तो प्रेम कहानी को” प्रोमो

प्रदर्शनपुर्व फिल्म एउटा यस्तो प्रेम कहानी को प्रोमो सार्वजनिक भएको छ । माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रोमोमा सबै जसो कलाकारहरु प्रस्तुत छन् । प्रोमो हेर्नुस् :

मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पनि पास भएको छ । फिल्म हेरेपछि सेन्सर सदस्यले पिजी अर्थात् १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकले साथमा हेर्नु पर्ने प्रमाण पत्र दिएका हुन् । फिल्मका निर्देशक दिपेश सापकोटा हुन् ।

एक्सन लभ स्टोरी कथामा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha