‘प्रेम गीत भन्दा म यस्तो गीत गाउँछु माथि’ : सुदर्शन थापा, तर कसरी ?

निर्देशक सुदर्शन थापाले आफ्नो अघिल्लो फिल्म ‘प्रेम गीत’ भन्दा ‘म यस्तो गीत गाउँछु’ माथि रहेको दाबी गरेका छन् । शुक्रबार आयोजित प्रेस  मिटमा सुदर्शनले यस्तो बताएका हुन् । आखिर कसरी भयो त ‘प्रेम गीत’ भन्दा ‘म यस्तो गीत गाउँछु’ माथि ?


फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक थापाले भने ‘प्रेम गीत माघ २९ गते रिलिज भएको थियो । म यस्तो गीत गाउँछु असार ३० गते रिलिज हुँदैछ । त्यसैले प्रेम गीत भन्दा म यस्तो गीत गाउँछु माथि छ ।’ सुदर्शनको यस प्रकारको जवाफले प्रेसमिटमा हाँसो छाएको थियो । साँच्चै फिल्म चाहिं कस्तो बनेको होला त ? असार ३० सम्म प्रतिक्षा गरौं । ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha