राजेश हमालको ‘सत्यम’ को अडिशन कल

अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ फिल्म ‘सत्यम’ को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि हिरोज्’ लेख्दै फिल्मको शिर्षकलाई परिभाषित पनि गरिएको छ ।

हमालसँगै अभिनय गर्ने अनुप बिक्रम शाहीको भने नाम मात्र उल्लेख गरिएको छ । ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपको चरित्रको लुक्स सहित छिट्टै पोस्टर सार्वजनिक गरिने निर्देशक शंकर कार्कीले बताएका छन् । यो फिल्ममा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमती जनाएको निर्माता रेशम सापकोटाले बताए ।

‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो फिल्ममा काम गर्न सहमती जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए । निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै फिल्म टुडि (२ डि) प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि २ डि मा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए ।

यो फिल्ममा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुप बिक्रम शाही भिलियनको रुपमा रहने छन् । स्केच फोटोबाट फिल्ममा हमालको चरित्र अनुमान गर्न सकिन्छ । यसअघि फिल्म हमाल र विक्रमले ‘हँसिया’मा एकसाथ काम गरेका थिए । लामो समयपछि फिल्ममा फर्किएका हमाल र ह्याण्डसम् भिलेन विक्रमको सत्यम कस्तो बन्ला त ?

अडिशनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताईएको छ भने अन्य २२ कलाकारहरु पनि अडिशनबाट नै छानिनेछन् । चार जना मूख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरु पाँच जनाको लागि अडिशन हुनेछ

काठमाण्डौमा यहि माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ । अडिशनमा सहभागि हुन चलचित्र निर्माता कम्पनी नवयुग सिनेमा प्रा.लि.को इमेल ठेगाना [email protected] मा आफ्नो सम्पर्क नम्बर सहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ ।

शंकर कार्कीले निर्देशन गर्ने ‘सत्यम’लाई रेशम सापकोटाले लेखेका हुन् । यो फिल्ममा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् । चलचित्रमा कुटुम्ब ब्याण्डसँगै योगेश काजी र गणेश पौडेलले संगीत दिएका छन् भने दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ ।

फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ । सार्वजनिक स्केच पोईन्टब्रेक मिडियाले बनाएको हो भने पोस्टर विजय बश्यालले बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha