‘प्रकाश’मा प्रदीप खड्काको जोडी बन्दै रेनु योगी

फिल्म ‘प्रकाश’ का लागि मुख्य महिला पात्र पक्का गरिएको छ । धनगढीकी रेनु योगी फिल्मको मुख्य फिमेल लिडमा रहने निर्माण टिमले जनाएको छ । दिनेश राउतले निर्देशन गर्ने प्रकाशमा नायक प्रदीप खड्का मुख्य मेल भूमिकामा अनुबन्धित भैसकेका छन् ।

निर्देशक राउतका अनुसार रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले फिल्ममा लिइएको हो । कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई अडिसन मार्फत छनोट गरेका हुन् । ब्याचलर अध्ययन गरेकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दाबढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

फिल्म प्रकाशको आउँदो फागुनको दोश्रो सातादेखि जुम्लाबाट छायांकन सुरु हुनेछ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । प्रसाद पश्चात दिनेश राउत प्रकाश निर्देशन गर्न लागेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha