‘कान्छी’ को ‘चरी चट्ट’लाई २४ घण्टामै ४ लाख भ्युुज

‘कोहिनूर’ पछि कम ब्याक गरेकी अभिनेत्री श्वेता खड्काको ‘कान्छी’ गीतको भिडियोलाई उनका शुभचिन्तकले रुचाएका छन् । बिहिबार साँझ चार बजे अपलोड गरिएको ‘कान्छी’ को ‘चरी चट्ट परी’ गीतको भिडियोलाई झण्डै साढे चार लाखले हेरेका छन् । अभिनेता दायाहाङ राईसँग श्वेताको केमेस्ट्रीलाई निकै राम्रो प्रतिक्रिया पनि मिलेको छ । एक हजार बढी गीतको भिडियोमा प्राप्त प्रतिक्रियामा धेरैले श्वेता र श्वेताको जोडी वेस्ट भनेका छन् । भिडियोमा १२ हजार त लाइक मात्रै छ भने तीन सय बढीले डिसलाइक गरेका छन् । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको ‘चरी चट्ट’ भिडियो यस्तो बनेको छ :

गीतमा अञ्जु पन्तको फिमेल भोकल छ भने कोरियोग्राफी वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले छन् । फिल्मका छायाँकार पुरुषोत्तम प्रधान हुन् । आकाश अधिकारी निर्देशित कान्छी लाई माघ २६ गते देशभर प्रदर्शन गर्ने घोषणा गरिएको छ । फिल्ममा श्वेता र दयासँगै नीर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायत कलाकारहरुको अभिनय छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि ‘कान्छी’ मार्फत फिल्म निर्माण र अभिनयमा फर्किएकी श्वेताको यो पछिल्लो फिल्मलाई निकै महत्वका साथ हेरिएको छ । फिल्मको सम्पूर्ण छायाँकन सकेर पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha