करोड क्लबमा ‘फाटेको जुत्ता’ : निर्माता अर्जुन कुमार

सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ ले दुई दिनमा एक करोड माथिको व्यापार गर्न सफल भएको छ । शुक्रबार र शनिबार गरी आफ्नो फिल्मले एक करोड माथिको व्यापार गरेको निर्माता अर्जुन कुमारले जानकारी दिए । ‘शनिबार जताततै हाउसफूल छ’, निर्माता कुमारले भने ।

दर्शकमाझ सौगात, निर्माता र निर्देशक

एक सय बढी पर्दाबाट प्रदर्शनमा आएको फिल्म ‘फाटेको जुत्ता’ को शनिबार एकल र मल्टिप्लेक्स हलमा दर्शकको खचाखच भिड लाग्यो । अभिनेता सौगात मल्ल, निर्माता कुमार र निर्देशक निकेश खड्का सहितको टिम शनिबार राजधानीका हलहल गएका थिए । दुई दिनमा एक करोड नाघेपनि फिल्मले गरेको खास व्यापारिक हिसाब भने आउँन बाँकी रहेको निर्माता अर्जुन कुमारको भनाई छ । कमेडी फिल्ममा सौगात र प्रियंका सहित कामेश्वर चौरसिया, रविन्द्र झा लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha