‘मनसँग मन’ साट्दै पुष्प र बर्षाले सके सुटिङ
फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका एउटा गीतको सुटिङ गरेसँगै फिल्म सम्पूर्ण छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा नायक पुष्प खड्का र नायिका बर्षा सिवाकोटी प्रस्तुत छन् । छायांकन कालिञ्चोकमा गरिएको हो ।

छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ । कैलाश राइको निर्देशनमा तयार भएको यो फिल्ममा अरुण तामाङले निर्माण गरेका हुन् ।
अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्धन्द्ध निर्देशन छ । फिल्म चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ । यो फिल्ममा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।