जन्मदिन विषेश : पल शाह करोडौंका मालिक
कोरोना महामारी पश्चात् म्युजिक भिडियोमा सर्वाधिक व्यस्त पल शाहको आज जन्मदिन हो । यस वर्षदेखि पल ३१ वर्ष पुगेका छन् । सरल र सहयोगी स्वभावका पल शाहलाई सामाजिक सञ्जालमा धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् । पल शाहको जन्मदिामा विशेष पारेर रमाइलो छ डटकमले लकडाउन पछि उनले खेलेको करोड भ्युज पुगेका भिडियोहरुलाई यहाँ प्रस्तुत गरेका छौं :

पछिल्लो समयको सर्वाधिक हिट गीत ‘फुलबुट्टे सारी’को भिडियोमा पल शाह आकर्षक रुपमा प्रस्तुत भएका छन् । पल र मलिका महत पिएम जोडी प्रस्तुत गीतको भिडियोलाई हालसम्म ३ करोड भन्दा बढीले हेरेका छन् । राजनराज सिवकोटीको शब्द तथा संगीत रहेको गीतमा मिलन अमात्यको सुमधुर स्वर छ ।
‘ए है माया’ लाई २ लाख ५३ हजार बढीले हेरेका छन् । भिडियोमा पलसँगै सागर लम्साल बले, सुधिर श्रेष्ठ र रियाशा दाहाल फिचर्ड छन् । दिपक शर्माको संगीत रहेको गीतमा सरोज वली र मेलिना राईको स्वर छ । यो भिडियो कोरोनाकै महामारीका बेला खिचिएको थियो ।
पल शाह प्रस्तुत अर्को भिडियो ‘माया गरौंला’ लाई एक करोड ३७ लाखले हेरेका छन् । भिडियोमा पलको जोडी भएर उषा उप्रेतीले अभिनय गरेकी छिन् भने सुधिर श्रेष्ठ र सुनिशा बजगाईंको जोडी छ । आचार्य कृष्ण भारद्वाजको संगीत रहेको गीतमा सरोज वली र अस्मिता अधिकारीको स्वर ।
‘मायालु तिमी २’ मा पनि पल शाह प्रस्तुत छन् । पल शाह र स्वस्तिमा खड्काको जोडीलाई एक करोड भन्दा बढीले हेरेका छन् । भिडियोमा बाल कलाकारद्वया एन्जल राई र अरविन खड्काले पनि आकर्षक नृत्य गरेका छन् । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा स्मिता दाहाल र संगीतकार सिवाकोटीकै स्वर छ ।
यस्तै मलिका महत र पल शाह प्रस्तुत ‘टाढा भएपनि’ गीतको भिडियो पनि चाँडै करोड क्लबमा प्रवेश गर्ने पक्का छ । लकडाउन पश्चात् पल शाह फिचर्ड म्युजिक भिडियो हरेक दिन जसो सार्वजनिक भैरहेका छन् । नेपाली म्युजिक भिडियोमा किङ्ग मानिने पल शाहलाई जन्मदिनको शुभकामना !