‘प्रसाद २’मा कलाकारको लाइनअप पुरा, निश्चल अनुबन्धित
‘प्रसाद २’ मा कलाकार निश्चल बस्नेत अफिसिल्ली अनुबन्धित भएका छन् । निश्चल अनुबन्धित भएसँगै प्रसाद २ मा अभिनय गर्ने मुख्य कलाकारहरुको स्थान पुरा भएको छ ।

प्रसाद २ मा विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भइसकेका छन् । सौरभ चौधरीले निर्देशन गर्ने फिल्मलाई सुभाष थापाले निर्माण गर्दैछन् । फिल्ममा लेखन सुशिल पौडेलको छ । फिल्मको छायाँकन चैतको दोश्रोदेखि सुरु हुने बताइएको छ ।
व्यापारिक रुपमा समेत सफल मानिएको प्रसाद लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेलमा उनी आवद्ध हुने छैनन् ।