रजनी केसीको ‘पटुकी’ पुष १४ देखि

नायिका रजनी केसी मुख्य भूमिकामा प्रस्तुत भएको फिल्म ‘पटुकी’ यही वर्षको पौष १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रदर्शन मिति तोेकेर निर्माता मक्टेन कालु पोस्टर तयार गर्न लागेका छन् । फिल्म ‘ब्रासलेट’ पछि ‘पटुकी’ लिएर आउन लागेकी रजनीले गएको साता पोस्टरको लागि फोटो सुट गराइन् ।


राम नेपाको निर्देशन रहेको ‘पटुकी’ मा रजनीसँगै कलाकार जेम्स विसी र निर्माता कालुको मुख्य भूमिका रहेको छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले पटुकीको कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । राजनराज सिवाकोटीको संगीत रहेको पटुकी मा लक्ष्मण घिमिरेको छायाँकन रहेको छ । फिल्म सबै छायाँकन चितवन र पोखरामा हुनेछ । पुष १४ मा ‘ह्याप्पी न्यु ईयर’ र ‘फिर्के’ले प्रदर्शन मिति तोकिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha