ट्रेन्डिङ नम्वर एकमा ‘कान्छी’ को ‘चरी चट्ट’

माघ २६ गते बाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा समावेश ‘चरी चट्ट’ बोलको गीत युटुव ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा ९ लाख ४५ हजार बढी भ्युज कमाउँदै ‘चरी चट्ट’ युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईका नृत्य छ । भिडियो यस्तो छ :

आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने दयाहाङसँगै वरिष्ठ कलाकार नीर शाह तथा नायिका अनु शाह, अन्य कलाकारहरु प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ र आशान्त शर्मा लगायतको अभिनय रहेको छ । फिल्ममा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, शम्भुजित बाँस्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । श्वेता ‘कोहिनूर’ पछि ‘कान्छी’ निर्माण तथा अभिनयमा फर्किएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha