‘झ्यानाकुटी’ प्रचार : सौगातलाई जुरुक्कै

फिल्म ‘झ्यानाकुटी’ युनिटले आफ्नो पब्लिसिटीलाई तिब्रता दिएको छ । अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री निशा अधिकारीको टिम राजधानीको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलमा रहेको के यु सिटी कलेजमा पुगेका थिए । राजधानीका अन्य कलेजमा पनि फिल्म युनिट पुग्ने कार्यक्रम रहेको निर्मात्री अधिकारीले बताइन् ।

 

पछिल्लो समय ‘झ्यानाकुटी’ फोटो कन्टेस्टको झैँ एक विधार्थीले सौगातलाई उचालिन् । निशा नाम गरेकी विधार्थीले फिल्मको पोष्टरमा बेनिशाले सौगातलाई बोके झैँ बोकिन् । आफ्नो जोडीलाई त्यसरी बोकेको तस्वीरलाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै  मेन्सन गरेर झ्यानाकुटी पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।

पर्दामा हेर्दै आइरहेका नायक नायिकालाई आफ्नै कलेजमा देखेपछि विधार्थीले सेल्फी मात्र खिचेनन्, उनीहरु जिज्ञासु समेत देखिए । विशेष गरि हाकु कालेको उपनामले परिचित सौगातलाई उनीहरुले फिल्म बारे प्रश्न गरे । सौगात र वेनिशासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

कलेजमा पुगेको फिल्म युनिटले पनि बाल विवाहको बारेमा छलफल गरेको थियो । फिल्म नै विवाहित जोडीको कथा रहेकाले यस बारे छलफल भएको हो । साथै स्टुडेन्टलले एकले अर्कालाई बोकेका पनि थिए । विनरलाई निर्माण टिमले फिल्म अंकित टि सर्ट र फिल्मको टिकेट प्रदान गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha