‘ह्याप्पी डेज’ नयाँ गीत : प्रियंकासँग सञ्जयको ‘प्रित बस्यो’

माघ १२ देखि प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी डेज’को नयाँ गीत रिलिज भएको छ । ‘तिमी बिना’ बोलको गीतमा नायिका प्रियंका कार्की र नायक संजय गुप्ता फिचरिंग छन् । तारा प्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द गीतमा दिपा लामाले संगीतकार लिम्बुलाई साथ दिएकी छिन् । निर्देशक मिलन चाम्सको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

सम्पूर्ण छायाँकन युकेमा गरिएको फिल्म ‘ह्याप्पी डेज’ मा अभिनेता दयाहाङ राई, प्रियंका र संजय मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सोमबार आयोजित प्रेसमिटमा निर्देशक चाम्सले ह्याप्पी डेज ले नेपाली फिल्मको प्रवद्र्धनमा सहयोग पुर्याउने बताए ।


लण्डन सिने आइ प्रोडक्सन, चाम्स ईन्टरनेटमेन्ट र लण्डन सिने आइको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको लगानी मात्रै साढे दुई करोड भनिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha