ओभरसिजमा ‘फाटेको जुत्ता’ : जान्नुस् देश र रिलिज डेट

अष्ट्रेलिया र जापान पछि फिल्म ‘फाटेको जुत्ता’ अष्ट्रेलियाकै मेलवर्न लगायत अन्य देशका विभिन्न शहरमा शो हुने भएको छ । सम्पन्न दुई शहरमा फिल्मको शो भव्य भएको र बाँकी शहरमा पनि यस्तै हुने निर्माता अर्जुन कुमारले आशा व्यक्त गरे । निकेश खड्का निर्देशित ‘फाटेको जुत्ता’ मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया र रविन्द्र झाको मुख्य भूमिका रहेको छ ।

स्वदेशमा प्रदर्शनरत फिल्म ‘फाटेको जुत्ता’ कुन देशको कुन शहरमा कुन मितिमा लाग्दैछ ? पुरा तालिका हेर्नुस् :

मेलवर्न : नोभेम्वर १३ तारिख
पोल्याण्ड : नोभेम्वर १९ तारिख
हङकङ : नोभेम्वर २६ तारिख
जर्मन : नोभेम्वर १७ तारिख
युएसए (वोस्टन र टेक्सास) : डिसेम्वर १० तारिख
जापान, पोर्चुगल, दुबई र ईजरायल : डिसेम्वर १५ तारिख
क्यानडा : डिसेम्वर १८ तारिख
युके : डिसेम्वर २३ तारिख

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha