‘फेरि–फेरि’ मा अर्पण र ऋचा

अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माले फेरी पनि एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । हास्य अभिनेता पुरन थापाले निर्देशन गर्ने ‘फेरि–फेरि’ नामक फिल्ममा ऋचा र अर्पण मुख्य भूमिकामा प्रस्तुत हुने भएका हुन् ।

माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फेरी फेरी कमेडी जनराको भएको निर्देशक पुरनले जनाए । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भिœयाएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिए । रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ ।

यसअघि ‘पिरिम प¥या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी फिल्म निर्माण गरेका पुरनको ‘फेरि फेरि’ पनि हास्यरस युक्त हुनेछ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् ।

ऋचा र अर्पणले भने आधा लभ र फिर्केमा एकसाथ काम गरेका छन् । अर्पणको निर्देशनमा बनेको सुनकेशरीमा ऋचा शिर्ष भूमिकामा प्रस्तुत छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha