ट्रेन्डिङमा श्वेता, निकिता र बिपिन

पछिल्लो केही समय यता युटुव भ्युज र ट्रेन्डिङ स्थानलाई महत्वका साथ हेरिंदै आएको छ । भ्युज, ट्रेन्डिङ, लाइक र कमेन्टलाई कटेन्टप्रति दर्शकको चासो के कति छ भनी मापकको केन्द्र मान्ने धेरै छन् । अहिले नेपाल युटुवको शिर्ष स्थानमा कुन-कुन कन्टेन्ट छन् त ?


नेपालको पहिलो युटुव ट्रेन्डिङमा फिल्म ‘कान्छी’ को गीत छ । अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई नाचेको ‘चरी चट्ट परी’ बोलको भिडियो ११ लाख भ्युज सहित दुई देखि पहिलो नम्वर छ । ‘कान्छी’ गीत :

दोश्रो ट्रेन्डिङमा मिस वल्र्डमा सहभागी भैरहेकी मिस नेपाल निकिता चन्दकको परिचयात्मक भिडियो छ । दुई लाख बढी भ्युज भएको यो भिडियोमा लाइक मात्रै १९ हजार बढी छ । निकिता चन्दक :

यस्तै ट्रेन्डिङ नम्वर तेश्रोमा फिल्म ‘नाका’को टिजर छ । बिपिन कार्की अभिनित यो फिल्मको टिजर छोटो समयमै ट्रेन्डिङमा आएको हो । ‘नाका’ मा बिपिन नाईके को भूमिकामा प्रस्तुत भएका छन् । ट्रेन्डिङ नम्वर चौधो र पाँचौमा क्रमशः हिन्दी फिल्महरु छन् । नाका टिजर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha