‘झुम्की’ निर्देशकको ‘कागजपत्र’, यी छन् कलाकार

‘झुम्की’ पछि निर्देशक अपिल विष्टले नयाँ फिल्म ‘कागजपत्र’ निर्देशन गर्ने भएका छन् । यसै साताबाट छायाँकन सुरु हुने फिल्मको मंगलबार प्रेसमिट गरी ‘कागजपत्र’ को कलाकार तथा प्राविधिक सार्वजनिक गरियो । फिल्ममा हाँस्य रस र सामाजिक ब्याङ्ग्य रहने लेखक समेत रहेका निर्देशक विष्टले बताए ।


वर्ल्ड वाईड फिल्म र औष फिल्मको संयुक्त ब्यानरमा बन्ने फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के लगायत कलाकारहरुको अभिनय रहनेछ । फिल्मको सम्पूर्ण छायाँकन दाङमा हुनेछ । खिलेन्लेन्द्र तिमल्सीना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको लगानी रहने ‘कागजपत्र’ मा बिषारद बस्नेत कार्यकारी निर्माता रुपमा छन् । संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्धन्द र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्मलाई अष्ट्रेलियाबाट आएका क्यासिमिर डिक्शनले खिच्नेछन् ।

आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली, लोकेन्द्र लेखक र उज्जवल शर्माको पनि फिल्ममा अभिनय रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha