देबेन्द्र बब्लुको ‘मयालु’लाई मिल्यो माया (भिडियो)

गायक देबेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ रिलिज भएको छ । बब्लु आफ्नै शब्द तथा संगीत रहेको गीतलाई युटुवमा रुचाइएको छ । भिडियो हेर्नुस् :

विशाल घिमिरेको सोच एंव निर्देशन रहेको भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र, कविता न्यौपाने लगायतलाई देख्न सकिन्छ । हरि हुँमागाईंले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

भिडियोलाई हालसम्म करिब साढे दुई लाखले हेरेका छन् । गीतमा देबेन्द्रलाई सज्जा चौंलागाईंले स्वरमा साथ दिएकी छिन् । भिडियो र गीतलाई दर्शक तथा श्रोताले माया दर्शाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha