सहिमाको ‘मोटर सरर’मा दुर्गेश र विजय (भिडियो)

गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा ‘मोटर सरर’ गीत रिलीज भएको छ । अमर वन्तुको शब्द रहेको यस गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ । भिडियो हेर्नुस् :

सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट म्युजिक भिडियो मोडलिङमा डेब्यू गरेकी हुन् ।

यात्राको क्रममा भेटिएका युवायुवतीहरुबीच शुरु भएको प्रेमलाई गीतको भिडियोमा देखाइएको छ । प्रमोद के.भण्डारीको कोरियोग्राफी रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । सम्पादन विकास दाहालको छ भने भिडियोकी क्रियटिभ डाईरेक्टर जया शर्मा हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha