नम्रता र प्रकाशको ‘फुटेका चुरा’ टिमको करोडको खुसी

गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको सहकार्यमा निर्माण भएको ‘फुटेका चुरा’को गीतको भिडियोलाई युटुवमा एक करोड भन्दा बढी पटक हेरिएको छ । प्रकाश र अनिताले आफ्नो टिमसँग करोड क्लवको सेलिव्रेसन गरेका छन् । भिडियो :

बिहिबार गरिएको कार्यक्रममा सर्जक प्रकाश सपुत र गायिका तथा निर्मात्री अनिता चलाउनेले गीतको युनिटलाई मायाको चिनो प्रदान गरे । केक काटिएको करोड क्लवको सेलिव्रेसनमा नायिका नम्रता श्रेष्ठ, सम्पादक प्रविण भट्ट, एरेञ्जर योगेश काजी र कोरियोग्राफर गम्भिर विष्ट लगायत उपस्थित थिए ।

कार्यक्रममा गायिका चलाउनेले फुटेका चुराको सिक्वेल पनि आउन सक्ने सम्भावना सुनाइन् । प्रकाश र नम्रताले गीतको भिडियोलाई करोड क्लवममा पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । त्यहाँ गायिका चलाउनेको वर्थको केक समेत काटियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha