‘के लेखु शब्दमा’ निराजन र आँचल (भिडियो)

सुरज शाही ठकुरीको संगीत र स्वर रहेको गीत ‘के लेखु शब्दमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द रेको छ । आफ्नो प्रेमीकालाई मायाभावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ । भिडियो :

एजिएल प्रमुख अमृतले गीतको शब्द अनुरुपकै भिडियो तयार गरिएको बताए । ’गीतको शब्दलाई दृश्यमार्फत अनि प्रस्ट्याउने जमर्को गरेका छौं’ उनले भने । गीतमालोकप्रियमोडल निराजनप्रधानसंग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । पछिल्लो समय नायकअनमोल केसीसंग फिल्म’पारस’ माअभिनयगर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीतहो ।

गीतको सार्वजनिक भिडियोमा आज्ञासंग निराजनको प्रेमभावलाई दर्शाईएको छ । एक अर्काप्रतिको प्रेमलाई लिएर भिडियोलाई शानथापाले तयार गरेकाहुन् । एजिएल इन्टरटेनमेन्टकै युट्युबच्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडीयोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । भिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha