धम्पुसमा माया साँच्दै बेनिशा हमाल (भिडियो)

गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ । निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा प्रिमियर समेत गरियो ।

पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री नायिका बेनिशा हमाल फिचर्ड छिन् । अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रबि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् ।

कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहीनेत गरेको बताए । बरिष्ठ हाँस्यव्यांग्य कलाकार सन्तोष पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेशन निकै मन परेको बताए ।

गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी ब्यक्त गरिन् । उनले आफू ब्याबसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha