भुवन, शिशिर र ताराको ‘पल पल’ (भिडियो)
गीतकार तारा अधिकारीको निर्देशनमा ‘पल पल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर छ । शब्द तारा अधिकारी आफैंले रचेकी छिन् । भिडियो :
भिडियोमा तारासँगै नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्द र कलाकार शिशिर भण्डारीको अभिनय छ । शिव ढकालले छायांकन गरेको भिडियोमा नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको छ भने राजेन्द्र मोक्तानको कलर ग्रेडिंग रहेको छ । बरिष्ठ अभिनेत्री भुवन थापा चन्द, चलचित्र निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

भिडियोकी निर्देशक, गीतकार तथा अभिनेत्री अधिकारीले आफ्ना राम्रा गीतहरुमा आफुले नै मेहनत गर्ने उद्देश्यले यो भिडियो बनाएको बताईन् । बरिष्ठ अभिनेत्री भुवन थापा चन्दले भिडियो निर्देशनमा ताराको भबिष्य गीतकारको रुपमा जस्तै राम्रो रहेको बताईन् ।