‘क्रस रोड्स-कथा तिम्रो र मेरो’को छायांकन सुरु

फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेमकथात्मक फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ ।

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ ।

फिल्ममा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । फिल्ममा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ । विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha